Khabar Samachar

मन्त्री किरातीको राजीनामा माग्दै काठमाडौँमा प्रदर्शन

202
VIEWS

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अभिव्यक्तिको विरोध जनाउँदै सनतन धर्मावलम्बी समूहले काठमाडौंमा प्रदर्शन गरेको  छ ।

मन्त्री किरातीले गत बुधबार दिएको अभिव्यक्ति गैरसंवैधानिक भएको भन्दै समूहले काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो ।

मन्त्री किरातीको राजीनामाको माग गर्दै उनीहरूले संसद् भवन घेराउ भन्दै विरोध प्रदर्शन गरेका छन् । उनीहरू विभिन्न ब्यानर र प्याम्लेट लिएर गौशालाबाट बानेश्वरसम्म विरोध र्‍याली गरेका थिए । केही दिन अघि एक कार्यक्रममा दिएको अभिव्यक्तिपछि मन्त्री किराती विवादमा तानिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित