Khabar Samachar

कैलालीमा लाइटर र खुर्सानी बाेकेकाे ट्रकमा आगलागी

205
VIEWS

 

कैलालीमा शनिबार ट्रकमा आगलागी भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दगोरिया गाउँपालिका– ४ मुडामा लाइटर बोकेको ट्रकमा आगलागी भएको हा। शनिबार दिउँसो साढे ३ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दगोरिया गाउँपालिका- ४ मुडामा बिरगञ्जबाट लाइटर,खुर्सानी र बच्चाको डाइपर बाेकेर धनगढीतर्फ आइरहेको प्रदेश ३ ०३००१ ख ००१२ नम्बरको ट्रकमा आगलागी भएकाे हाे ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले ट्रकको आगलागी नियन्त्रणमा आएको बताए । प्रहरी निरीक्षक लिलाराम आचार्यको नेतृत्वमा खटिएकाे प्रहरी टाेली, घाेडाघाेडी नगरपालिका र लम्कीचुहा नगरपालिकाबाट गएको दमकलले आगाे नियन्त्रणमा लिएकाे उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित