Khabar Samachar

सांसददेखि मन्त्री र प्रधानमन्त्री भएकाहरूको सम्पत्ति छानबिन गरौ – नेपाली कांग्रेसका महामन्त्री गगन थापा

203
VIEWS

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४७ सालपछि नेपालको राजनीतिक र प्रशासनिक नेतृत्व लिएकाहरू जबाफदेही हुनुपर्ने बताएका छन्।

कानून र संस्थालाई बलियो बनाएर यसबीचमा सांसददेखि मन्त्री र प्रधानमन्त्री भएकाहरूको सम्पत्ति छानबिन गरिनुपर्ने थापाले बताए। संसदमा पछिल्लो समय ०४७ यताका सार्वजनिक पद धारण गरेकाहरूको सम्पत्ति छानबिन गरिनुपर्ने कुरा उठेको र यो विषय सकारात्मक भएको थापाले बताए।

‘कांग्रेसका सभापति, एमाले अध्यक्ष, माओवादीका अध्यक्ष, अहिलेका प्रधानमन्त्रीको, भूतपूर्व प्रधानमन्त्रीको, हामी जस्तो मन्त्री भएकाहरूको सबैको सम्पत्ति छानबिन गरौं,’ काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री थापाले भने ।

२०४७ देखिको लामो कार्यकालमा राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व लिनेहरू जवाफदेही हुनुपर्ने उनले बताए । जति पनि ठूला काण्ड भए जोजो त्यसमा जिम्मेवार छन् । उनीहरूले कहीं न कहीं दण्ड पाउनुपर्छ भन्ने हुनुपर्ने उनले बताए । ‘नागरिकलाई राज्यसँग भर होस् । गलत गर्ने मान्छेलाई राज्यसँग डर होस् ।’

भ्रष्टचारविरुद्ध संसदमा चलिरहेको बहसले ठीक ठाउँमा लाने अपेक्षा गरेका महामन्त्री थापाले कांग्रेस, एमाले, माओवादी सबै दलका अध्यक्ष र प्रधानमन्त्री भएका सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित