Khabar Samachar

लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले पाए विश्वासको मत

201
VIEWS

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभामा विश्वासको मत पाएका छन् । ८६ सदस्यीय प्रदेश सभामा उनले ४८ मत पाएका हुन् ।

मुख्यमन्त्री महरालाई एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, एकीकृत समाजवादीका १ र स्वतन्त्र सांसद १ गरी ४८ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका छन् ।

मुख्यमन्त्री महराको विश्वासको मतको विपक्षमा कांग्रेसका कांग्रेसका २७ र जनमोर्चाका १ सांसद उभिएका थिए । राप्रपा ४ र लोसपाका ३ सांसद बैठकमा अनुपस्थित थिए ।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छन् । माओवादी केन्द्रका संसदीय दलका नेता महरा ४८ जनाको समर्थनमा चैत २३ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।   े

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित