Khabar Samachar

प्रधानमन्त्री शेरबहादुर देउवालाई नेम्वाङको आग्रह : एसपीपीबारे अहिलेसम्मका सबै पत्र संसदमा ल्याइदिनुस्

203
VIEWS

नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का लागि भएका सबै पत्र संसदमा प्रस्तुत गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

संसद दिवसको अवसरमा नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्।

एसपीपीमा विवाद भएपछि केपी शर्मा ओली प्रधानमत्री भएको १५ दिनपछि नेपाली सेनाका प्रधानसेनापतिले २०१५ मा अमेरिकी दूतावासलाई देखेको पत्र सार्वजनिक भएको बताए । तर तत्कालीन प्रधानमन्त्री ओलीले पत्र पठाउँदा आफूलाई नसोधिएको मात्र बताएका छन्, पत्रको वैधानिकतामा प्रश्न गरेका छन् ।

संसद दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा पूर्व सभामुख समेत रहेका नेम्वाङले यो विषयलाई यत्तिकै छाड्न नहुने बताए । उनले अघि भने, ‘सम्पूर्ण चिठीहरु रक्षा मन्त्रालयमा छ । मेरो आग्रह छ, सबै चिठी खारकखुरुक संसदमा प्रस्तुत गरिदिनुस् न प्रधानमन्त्रीज्यू । जोजो संलग्न छन्, देखिन्छ नि ।’

आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई यही भनेको र उनले आउनुस् न कुरा गरौंला भनेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित