Khabar Samachar

काठमाडौं २ बाट चुनाव उठ्ने तयारीमा पूर्वसभामुख ओनसरी घर्ती

209
VIEWS

पूर्वसभामुख ओनसरी घर्तीले काठमाडौं क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनाव लड्ने तयारी गरेकी छन्।

घर्तीको नाम नेकपा माओवादी केन्द्रको काठमाडौं २ क्षेत्रीय कमिटीले आज उम्मेदवारका रूपमा सिफारिस गर्ने तयारी छ।

केही समय अघि घर्तीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफू प्रत्यक्ष निर्वाचन लड्न तयार रहेको बताएकी थिइन्।

प्रचण्डलाई उनले समानुपातिकमा नबस्ने बताएकी थिइन्। ‘बरू हार्न तयार छु तर यसपालि समानुपातिकमा बस्दिनँ,’ उनले भनेकी थिइन्। माओवादीले पहिलो नम्बरमा ओनसरी र दोस्रो नम्बरमा झक्कु सुवेदीको नाम सिफारिस गरेको छ ।

जबाफमा प्रचण्डले काठमाडौंको कुनै क्षेत्र खोज्ने बताएका थिए।

नेकपा एसले सो क्षेत्रमा सीट बाँडफाँट कार्यदलमा समेत रहेका पार्टी उपाध्यक्ष प्रमेश हमालको लागि अडान राखेको छ । हमाल ललितपुर ३ का हुन् । तर, सो क्षेत्रमा माओवादीबाट पम्फा भुसाल रहेकाले उनलाई काठमाडौं २ मा उम्मेदवार बनाउन खोजिएको छ ।

कांग्रेस लचिलो भए पनि माधव नेपालले प्रमेश हमालको व्यवस्थापन गर्नुपर्ने बताएपछि माओवादी र नेकपा एसको शीर्ष तहमै वार्ता हुने भएको छ । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले पनि काठमाडौं २ लगायत कतिपय क्षेत्रमा माओवादी र नेकपा एसको दोहोरो दाबी रहेको बताए ।

स्रोतका अनुसार अध्यक्ष प्रचण्डले उनलाई काठमाडौं २ बाट उम्मेदवार बन्न आग्रह गरेका छन् । त्यसपछि नै क्षेत्रीय कमिटीले उनको नाम एक नम्बरमा सिफारिस गरेको हो ।

सत्ता गठबन्धनका दलहरुबीचमा सहमति भएमा काठमाडौं क्षेत्र नम्बर २ माओवादी केन्द्रले लिने र सो क्षेत्रमा पूर्वसभामुख घर्तीलाई उठाउन प्रचण्ड तयार भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित