लोसपाका सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्दै

204
VIEWS

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रतिनिधि सभा सांसद एवं सचेतक उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्।

उनी यही असोज ८ गते एमालेमा प्रवेश गर्ने कार्यक्रम तय भएको छ। त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली धनुषाको तीनकोरिया चोक आउने कार्यक्रम छ।

धनुषा-२ बाट चुनाव जितेका अरगरियालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराउने भएका छन् । ‘असोज ८ गते एमाले प्रवेश गर्ने कार्यक्रम छ, केपी ओलीले नै उहाँलाई प्रवेश गराउनुहुनेछ’, अरगरिया निकट स्रोतले भन्यो ।

०७४ को चुनाव अरगरियाले तत्कालीन समाजवादी पार्टी, नेपालबाट जितेका थिए । तर राष्ट्रिय जनता पार्टी (राजपा) सँग एकता गरी बनेको जनता समाजवादी पार्टी (जसपा) विभाजन हुँदा भने उनले लोसपा रोजेका थिए । लोसपाले अरगरियालाई सचेतकको जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित