Khabar Samachar

Search
Close this search box.

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का एकबाल मियाँ नेकपा एमालेमा

202
VIEWS

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सत्ता गठबन्धनसँग तालमेल गर्ने भएपछि एकबाल मियाँ नेकपा एमालेमा प्रवेश गरेका छन्।

बारा- ४ बाट प्रतिनिधि सभा सदस्यको टिकट पाउने तय गरेर उनी एमालेमा प्रवेश गरेका हुन्। सत्ता गठबन्धनले उक्त क्षेत्र एकीकृत समाजवादीका भागमा पारेको छ।

कांग्रेस नेता रामचन्द्र पौडेललाई तनहुँ- १ छाडेका एकीकृत समाजवादीका नेता किसान श्रेष्ठ उक्त क्षेत्रबाट प्रतिनिधि सभामा उठ्दैछन्।

मियाँले यसअघि सोही क्षेत्रबाट चुनाव जितेका थिए। एमालेसँग तालमेल हुनसक्ने समयसम्म लोसपामै बसेका उनी शुक्रबारदेखि मात्रै एमालेको सम्पर्कमा पुगेका थिए।

जसपाले एमालेसँग तालमेल गर्ने भएपछि शुक्रबार लोसपा सत्ता गठबन्धनमा प्रवेश गरेको थियो। मियाँलाई शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टीमा भित्र्याएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित