Khabar Samachar

Search
Close this search box.

ओनसरी घर्तीले पार्टीभन्दा पनि राष्ट्रको हित हेर्ने – शेरबहादुर देउवा

202
VIEWS

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं २ मा सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी नेता ओनसरी घर्तीले पार्टीभन्दा पनि राष्ट्रको हित हेर्ने बताएका छन्।‘ओनसरी घर्ती अत्यन्तै साहसी महिला हुनुहुन्छ। उहाँले कुशलताका साथ सभामुखको भूमिका निर्वाह गर्नुभएको थियो। मलाई त विश्वास पनि थिएन, उमेर सानै थियो, सभामुख के चलाउनुहोला भनेको त सबैभन्दा सफल तरिकाले उहाँले संसद चलाउनुभयो,’ काठमाडौं‌को काँडाधारीमा आज सत्ता गठबन्धनले गरेको कार्यक्रममा देउवाले भने।

‘उहाँले संसदीय व्यवस्थामा पार्टीको भन्दा पनि राष्ट्रको हित हेर्नुभयो,’ उनले भने, ‘पार्टीको आदेशभन्दा पनि आत्माको आदेश उहाँले मान्नुभयो। त्यसकारण उहाँ सच्चा लोकतन्त्रवादी र निष्पक्ष सभामुख हुनुभयो र मलाई विश्वास छ यो क्षेत्रको विकासमा लाग्नुहुन्छ।’माओवादीबाट निर्वाचित भए पनि ओनसरीले कहिल्यै पनि पार्टीको आशीर्वाद नमागेको उनले बताए।

उनले कुनै पनि पार्टीको बहुमत आउन कठिन छ रहेकोले चुनावी तालमेल गरिएको बताएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित