Khabar Samachar

Search
Close this search box.

चिकित्सकको लापरबाहीले केएमसी अस्पतालमा बिरामीको मृत्यु

339
VIEWS

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले काठमाडाैं मेडिकल कलेज (केएमसी) अस्पतालविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।मृतकका आफन्तहरुअस्पतालविरुद्ध आज बिहान आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले अस्पतालले लाइसेन्स लिएर मान्छे मारेको भन्दै आक्रोशित भएका छन् । सरकारसँग न्याय माग गरेका छन् । एक साताअघि अस्पताल भर्ना गरिएका काठमाडौं महानगरपालिका -९ का ४७ वर्षीय शैलेन्द्र विद्याधरलाई आइतबार साँझ मृत घोषणा गरिएको थियो ।

चिकित्सकले ट्युमरको अप्रेसनका क्रममा टाउकोको नसा काटेका कारण बुबाको मृत्यु भएको छोरा प्रगेशले बताए । उनका अनुसार बेहोस भएपछि शैलेन्द्रलाई असोज २३ गते साँझ अस्पताल भर्ना गरिएको थियो । इमर्जेन्सीमा राखिएका बिरामीलाई दुई घण्टापछि चिकित्सकले आईसीयूमा राखेर उपचार गर्नुपर्छ भन्दै सारेको आसीयुमा सारेको थियो ।

अवस्था गम्भीर भएपछि अप्रेसन तुरुन्त गर्नुपर्ने भनिएको थियो । सोही अनुसार अप्रेशन गर्दा ट्युमरको अप्रेसनका क्रममा टाउकोको नसा काटेको कारण मृत्यु भएको प्रगेशको दावी गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित