Khabar Samachar

रुपन्देही- २ का राजु गुरुङको उम्मेदवारी खारेज

203
VIEWS

सर्वोच्च अदालतले रुपन्देही निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । सर्वोच्च अदालतको शुक्रबारको फैसला अनुसार गुरङको उम्मेदवारी खारेज भएको हो ।जिल्ला निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादीका राजु गुरुङ कालो सूचीमा परेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएपछि गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले उनको रिटमा सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त मुद्दाको न्यायाधीशद्वय ईश्वरी प्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले उम्मेदवारी खारेजीको निर्णयलाई सदर गरिदिएको हो ।

सर्वोच्च अदालतको आदेशमा भनिएको छ, ‘निवेदक राजु गुरुङमा कायम रहेको अयोग्यता निजमा कायम रहेको देखदिँदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन । कालो सूचीमा नाम कायम रहेका व्यक्तिले उल्लिखित निर्वाचनमा उम्मेदवार हुन नपाउने भएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन । तसर्थ यस अदालतबाट मिति २०७९ असोज ३० मा जारी भएको अल्तकालीन अन्तरिम आदेशलाई निरन्तरता परिरहन परेन । अरु कानुन बमोजिम गर्नू,’

गुरुङसँगै रुपन्देही क्षेत्र नं २ मा नै उम्मेदवारी दिएका कमल भुसालको पनि उम्मेदवारी निर्वाचन आयोगको कार्यालयले खारेज गरेको थियो । त्यसविरद्ध भुसालले सर्वोच्चमा रिट दिए पनि सर्वोच्चले अन्तरिम आदेश दिएको छैन । यद्यपि सर्वोच्चले कारणसहित थप छलफलका लागि दुवै पक्षलाई कात्तिक १५ गते बोलाएको छ। सोही निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट भने उपाध्यक्ष विष्णु पौडेलको उम्मेदवारी परेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित