Khabar Samachar

अख्तियारले समातेका विमानस्थलका हाकिमको दराजमा आठ लाख नगद

202
VIEWS

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार पक्राउ गरेका त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिलन व्यवस्थापन प्रमुख पूर्णप्रसाद चुँडालको कार्यकक्षबाट स्रोत नखुलेको लाखौँ रुपैयाँ र विभिन्न ब्रान्डका मदिरा बराम भएको छ।

विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावत गर्न पाउने पास उपलब्ध गराएबापद चुँडालले मासिक १० हजारका दरले घुस नै लिने गरेको उजुरी परेपछि अख्तियारको टोलीले सोमबार छापा हानेको थियो।

चुँडाललाई तत्कालै अख्तियारको टोलीले पास उपलब्ध गराइदिएवापद लिएको एक लाख ५० हजार रुपैयाँ घुससहित कार्यकक्षबाटै पक्राउ गरेको थियो।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार हवाई टिकट काटिदिएका यात्रुहरुलाई आवातजावत गर्न पास उपलब्ध गराई सहजीकरण गरिदिएको भनेर प्रतिमहिना १० हजारका दरले २०७८ कात्तिकदेखि लिँदै आएको १५ महिनाको एकमुष्ट एक लाख ५० हजार रुपैयाँ लिएका थिए।

त्यही रकम माग गरेर लिइसकेको अवस्थामा उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिइएको भण्डारीले बताए।

नियन्त्रणमा लिइसकेपछि चुँडालको कार्यकक्षमा पनि अख्तियारको टोलीले छापामारेको थियो। त्यसक्रममा उनको कार्यकक्षमै रहेको स्टिलको दराजभित्र खानतलासी गर्दा स्रोत नखुलेको ८ लाख रुपैयाँ पनि अख्तियारले बरामद गरेको छ।

त्यसैगरी त्यही दराजबाट अख्तियारको टोलीले विभिन्न ब्राण्डका ९ बोतल मदिरा पनि नियन्त्रणमा लिएको छ। जसमा ब्ल्याक लेबल ५ वटा, डबल ब्ल्याक लेबल १ वटा, चिभास रिगल १ वटा, ग्लेनफिड्च १ वटा र गुर्खाज एन्ड गन्स १ वटा रहेका छन।

झापाको बाह्रदसी गाउँपालिका ६ रुप्चनवाडी घर भइ हाल काठमाडौंको सिनामंगल बस्दै आएका उनी लामो समयदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय अन्तरिक टर्मिनल ब्यवस्थापन शाखामा कार्यरत थिए।

चुँडालको साथबाट उनले प्रयोग गर्ने सामसङ मोबाइल १ था, अन्य मोबाइल ४ थान र डायरी पनि बरामद गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित