राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आजै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने भएका छन्।
आज बसेको पार्टी बैठकबाट सरकारबाट बाहिरिने निर्णय रास्वपाले गरेको छ। सो निर्णयबारे जानकारी दिँदै सभापति रवि लामिछानेले आजै मन्त्रीहरुले राजीनामा दिने बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको रास्वपाभित्र सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे मतभेद देखिएको थियो।
सोही विषयमा छलफल गर्नका लागि शनिबार राति अबेरसम्म बैठक बसेको थियो।
त्यसपछि आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय भएको सभापति रवि लामिछानेले बताएका छन्।
Discussion about this post