Khabar Samachar

Search
Close this search box.

मरेको सिनो काँधमा हालेर हिँड्न सकिँदैन – रामकुमारी झांक्री

202
VIEWS

नेकपा (एकीकृत समाजवादी)की नेता रामकुमारी झांक्रीले पार्टीको नेतृत्व फेर्नुपर्ने बताएकी छन्।

एकीकृत समाजवादी सम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश तथा जिल्ला भेलालाई सम्बोधन गर्दै शनिबार तिलोत्तमामा सम्बोधन गर्दै झाँक्रीले अध्यक्ष नेपाल संकटमा परेकाले पार्टी पुनगर्ठन गर्न माग गरेकी हुन्।

‘तपाईंहरू सबैलाई थाहा छ- पार्टीमा संकट छ। अध्यक्षकै बारेमा संकट आयो। अब के गर्ने? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो’, उनले भनेकी छन्, ‘संकट आयो भनेर भाग्ने भनेको होइन। पार्टीलाई पुनर्गठन गरौँ। कसरी गर्ने? अर्ली महाधिवेशन गरौं। अर्ली महाधिवेशनबाट पुनर्गठन गरेर अध्यक्ष बनाऔँ।’उनले अगाडि भनेकी छन्, ‘कहाँ हुन्छ यसरी? म त भन्छु- अब अर्ली महाधिवेशन गरौँ। कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो। अरू कैयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन। होइन भने, हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नुपरेन? अर्ली महाधिवेशन गरौँ, हलबाट नेतृत्व छानौँ । तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउन सक्छ।’

 संकट आयो भनेर भाग्ने भनेको होइन। पार्टीलाई पुनर्गठन गरौं। कसरी गर्ने?,’ उनले भनिन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित