Skip to main content

Khabar Samachar

Search
Close this search box.

राष्ट्रिय मानवअधिकार आयोगको टोली चोलेन्द्रको सरकारी निवासमा

209
VIEWS

राष्ट्रिय मानवअधिकार आयोगको टोली निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निवासमा पुगेर अनुगमन गरेको छ । आइतबार सहसचिव टीकाराम पोखरेलको नेतृत्वमा तीन सदस्यीय टोली चोलेन्द्रको सरकारी निवासमा पुगेको हो ।

निलम्बित प्रधानन्यायाधीश जबराले आइतबार नै सर्वोच्च अदालत जाने बताएका थिए । सर्वोच्च जाने तयारी गरिरहँदा आफ्नो निवास अगाडि दर्जनौं सुरक्षाकर्मी तैनाथ गरेर आफूलाई ‘नजरबन्द’ जस्तै अवस्थामा राखिएको उनले बताएका थिए ।

यस लगत्तै आयोगको टोली उनको निवासमा पुगेर वस्तुस्थितिबारे अनुगमन गरेको छ । आयोगको कार्यालय स्रोतका अनुसार आयोगको टोलीले यसबारे जबरासँग छलफलसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित