Skip to main content

Khabar Samachar

Search
Close this search box.

क्रिकेट संघका अध्यक्षले भेटे सन्दीप लामिछाने लाई 

219
VIEWS

प्रहरीको कस्टडीमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट संघका अध्यक्षले भेटेका छन् । प्रहरी वृत्त गौशालास्थित हिरासतमा गएर नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले उनीसँग भेट गरेका हुन् । शुक्रवार बिहान सन्दीपलाई भेट्न चन्द गौशाला पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

भदौ २३ मा क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको थियो । लामिछाने विरुद्ध प्रहरी वृत्त गौशालामा १७ वर्षीया किशोरीले भदौ २१ मा जबरजस्ती करणीको कसुरमा जाहेरी दिएकी थिइन् ।

विदेशमा क्रिकेट खेलिरहेका सन्दीप आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भए । १ महिनापछि उनी बिहीबार नेपाल फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । नेपाल प्रहरीको इन्टरपोल शाखाले सन्दिपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित