Khabar Samachar

Search
Close this search box.

त्रिकोणात्मक सिरिजका लागि रोहितको कप्तानीमा नेपाली टिमको घोषणा

206
VIEWS

नेपाल क्रिकेट संघ (क्यान)ले लिग टू अन्तरगत फागुन २ बाट सुरु हुने नामिबिया र स्कटल्याण्डसँग हुने त्रिकोणात्मक सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ क्यानले बिहीबार १६ सदस्यीय राष्टिय टोलीको घोषणा गरेको हो । विवादबीचम सन्दीपले राष्टिय टोलीमा पुनरागमन गरेका हुन् ।

बलात्कारको आरोप लागेका सन्दीप धरौटीमा छुटेपछि क्यानले निलम्बन फुकुवा गरेर उनलाई राष्टिय टोलीको बन्द प्रशिक्षणमा समेटेको थियो। नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा छन् ।

यस्तै, सामेपाल कामी, करन केसी, ललित राजबंशी, गुल्सन झा, भीम सार्की र सुर्य तामांग रहेका छन् । फ्रेब्रुअरी १४ देखि २१ सम्म नेपालमा हुने एकदिवसीय अन्तर्राष्टिय शृंखलामा नामिबिया र स्कटल्यान्ड रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित