Khabar Samachar

Search
Close this search box.

एसियन क्रिकेट काउन्सील(एसीसी) प्रिमियर कप भोलिबाट

224
VIEWS

नेपाली क्रिकेट टिमले मंगलबारदेखि एसियन क्रिकेट काउन्सील(एसीसी) प्रिमियर कपमा प्रतिस्पर्धा गर्दैछ । दश राष्ट्रको सहभागिता रहेको प्रतियोगिताको विजेता बन्दै आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसियाकपमा स्थान बनाउने नेपालको लक्ष्य हो ।

भोलि (मंगलबार) त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा मलेसियासँग खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ ।

एसियाका शीर्ष १० एशोसिएट टिमबीच कीर्तिपुर र मूलपानी मैदानमा अबको १५ दिन प्रतिस्पर्धा चल्नेछ । सहभागी टिमलाई दुई समूहमा बाँडिदा नेपाल समूह ए मा छ । नेपालले मलेसियासँगै ओमान, साउदी अरव र कतारसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ । समूह बी मा यूएई, हङकङ, सिंगापुर, बहराइन र कुवेत छन् ।

गत फागुन–चैतमा आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम तीन शृंखलामा अभूतपूर्व प्रदर्शन गरी एकदिवसीय मान्यता जोगाउनुका साथै विश्वकप छनोटमा स्थान बनाएको नेपाली टोली प्रतियोगितालाई लिएर निकै उत्साहित छ ।

‘टिम राम्रो अवस्थामा छ । हामी एसिया कप छनोट हुने सम्भावना पनि बलियो छ,’ सोमबार बिहान अन्तिम प्रशिक्षण सत्रपछि कप्तान रोहितकुमार पौडेलले भने, ‘हामीले भारत, पाकिस्तानजस्ता ठूला टेष्ट टिमसँग खेलेका छैनौं, यसपालि उनीहरुसँग खेल्न पाउने राम्रो चान्स छ ।’ सेप्टेम्बरमा पाकिस्तान/यूएईमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहबाट खेल्न यो प्रतियोगिताको उपाधि जित्नुपर्छ । कप्तान रोहित एक्स्पोजर र अनुभवका लागि पनि नेपाल एसिया कपमा पुग्नुपर्ने दाबी गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित