Khabar Samachar

एमालेले ‘मिसन योङ’ र ‘देशैभरि छोराछोरी’ अभियान चलाउने

201
VIEWS

नेकपा एमालेले देशैभर छोराछोरी अभियान चलाउने भएको छ। पार्टीको ३ दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले ‘देशैभरी छोराछोरी’ नारा दिएर पार्टी कार्यकर्ताको घरघरबाटै युवा कार्यक्रम सञ्चालन गर्न लागेको हो।

२८ देखि ३० वैशाखसम्म पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले १४ बुँदे निर्णय गरेको एमालेले विज्ञप्तिमार्फत जानकारी दिएको छ । जसमा देशैभरि छोराछोरी नारा दिएर पार्टी कार्यकर्ताको घरघरबाटै युवा कार्यक्रम सञ्चालन गरिने पनि उल्लेख छ ।

बैठकले जनप्रतिनिधि र स्थानीय तहको कामलाई प्रभावकारी बनाउन मिसन डेलिभरी कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ । ‘जनप्रतिनिधिहरु र स्थानीय तहको कामलाई प्रभावकारी बनाउन मिसन डेलिभरीको रुपमा स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरुलाई प्रभावकारी रुपमा क्रियाशील बनाइनेछ’ एमालेको निर्णयमा भनिएको छ ।

एमालेले केन्द्रीय सदस्यहरुको नयाँ कार्यविभाजन गर्ने निर्णय पनि गरेको छ । जसमा एक वर्ष आफ्नो भूगोलबाहिरको कार्यक्षेत्रमा खट्ने गरी कार्यविभाजन हुने जनाइएको छ ।

एमालेले आगामी मंसिर महिनामा मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँग पार्टी अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित