Khabar Samachar

Search
Close this search box.

भारतको कर्नाटकामा कंग्रेस आईलाई पूर्ण बहुमत

203
VIEWS

कर्नाटका विधानसभा निर्वाचनमा कंग्रेस आईले बहुमत प्राप्त गरेको छ।

शनिबारदेखि सुरू भएको मतगणनाको अन्तिम परिणामअनुसार विधानसभाको १३६ सिट जित्दै कंग्रेसले सत्तामा पुनरागमन गरेको हो।

कर्नाटका विधानसभामा २२४ सिट छन्। यहाँ बहुमतको सरकार बनाउन कम्तिमा ११३ सिट आवश्यक रहन्छ। १३६ सिट जितेको कंग्रेसले अब प्रदेशमा एकल बहुमतको सरकार बनाउनेछ।

टाइम्स अफ इन्डियाका अनुसार कर्नाटकामा कंग्रेसको जित १९८९ पछिको सबैभन्दा ठूलो जित हो।

यहाँ अघिल्लो निर्वाचनमा १०४ सिट जितेको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) यसपालि ६५ सिटमा खुम्चिन पुगेको छ।अबको पाँच वर्ष भाजपा सरकारबाहिर रहनेछ।

भारतका विभिन्न राजनीतिज्ञहरूले कर्नाटकामा भाजपाको हारलाई प्रधानमन्त्री नरेन्द्र मोदीको हार भनेका छन्।

लगातार दुई कार्यकाल सत्ता चलाइरहेका मोदीलाई कर्नाटकाको चुनावी परिणामले ठूलो धक्का लागेको छ।

कर्नाटकामा भाजपा पराजय हुनुको सम्पूर्ण जिम्मेवारी लिँदै मुख्यमन्त्री बासवराज बोम्माईले राजीनामा दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित