Khabar Samachar

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाउँदै प्रहरी

205
VIEWS

नक्कली शरणार्थी खडा गरेर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाउने तयारी गरेको छ। यसअघि शुक्रबार नै प्रतिवेदन बुझाउने तयारी भएपछि अन्तिम समयमा दुई जना पक्राउ परेपछि बयान गर्नुपर्ने भएकाले सरेको हो।

यो प्रकरणमा हालसम्म १६ जना पक्राउ परिसकेका छन्। पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकसहित करिब एक दर्जन फरार रहेको बुझिएको छ। काठमाडौं प्रहरी परिसरले प्रस्तावित रायसहित अनुसन्धान प्रतिवेदन बुझाउने छ। प्रस्तावित रायमा ककसलाई के के अभियोग लगाउनेसहित राय उल्लेख हुने छ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन अध्ययन गरि अभियोग पत्र तयार गर्ने छ। सरकारी वकिल कार्यालयले ककसलाई प्रतिवादी बनाउने र के के अभियोग लगाउने भनेर अन्तिम निर्णय गर्ने छ।

प्रहरीले पक्राउ गरेका, प्रतिवादी बनाउन राय दिएकाविरुद्ध सरकारी वकिल कार्यालयले मुद्धा नचलाउने निर्णय पनि गर्न सक्छ। यस्तै प्रहरीको रायविपरित सरकारी वकिल कार्यालयले अर्कै मुद्दा लगाएर प्रतिवादी पनि बनाउन सक्छ। स्रोतका अनुसार यो प्रकरणमा हालसम्म २१ वटा जाहेरी परेका छन् जसमा एक सय ६ जना पीडितबाट करिब २६ करोड रुपैयाँ ठगी भएको दावी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित