Skip to main content

Khabar Samachar

Search
Close this search box.

वारेस राख्न बालेनले दिएको निवेदन सर्वोच्चद्वारा अस्वीकार

212
VIEWS

अदालतको अवहेलनासम्बन्धी मुद्दामा वारेस राख्न बालेन्द्र शाहले दिएको निवेदन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा व्यक्ति स्वयं उपस्थित हुनुपर्ने भन्दै सर्वोच्चले वारेस राख्ने निवेदन खारेज गरेको हो ।

अदालतको अवहेलना मुद्दा खेपिरहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सर्वोच्च अदालतले वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ।

आइतबार शाहले उक्त मुद्दामा वारेस राख्ने अनुमति माग्दै निवेदन दिएका थिए।

उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको इजलासले भनेको छ- अनुमति नहुने।

सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार इजलासले वारेस राख्ने अनुमति नदिएपछि मेयर बालेन अब आफैं तारेख खेप्न आउनुपर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित