Khabar Samachar

Search
Close this search box.

जिल्ला प्रहरी कार्यालय सिरहामा प्रहरी जवानलाई हातखुट्टा बाँधेर घण्टौसम्म क्रुर यातना !

265
VIEWS

समाजिक अपराधका घटनामा एक्सन लिने प्रहरीले नै आफ्नै कर्मचारीलाई यातना दिएको घटना बाहिरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई सोही कार्यालयमा कार्यरत प्रहरी नीरिक्षक (ईन्सपेक्टर) हेमन्त राईले यातना दिएको आरोप लगाईएको छ । प्रहरी जवान रायलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म चरम यातना दिएको भिडियो समेत बाहिरिएको छ ।

ईन्सपेक्टर राईकै कमाण्डमा प्रहरी जवान अनु रायलाई निरन्तर अधिक ड्युटी गराएपछि उनले हबल्दारसँग गुनासो पोखेका थिए । हबल्दारले कमाण्डरलाई भन्न भनेपछि पीडित रायले ईन्सपेक्टर राईलाई गुनासो गर्न गएका थिए । सो क्रममा ईन्सपेक्टर राईले अनुलाई तथानाम, अभद्र गाली गलौज गरेपछि आक्रोसित भएका रायले समेत ईन्सपेक्टरसँग मुखामुख गरेका थिए । मुखामुख गरेकै कारण उनलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिएको हो ।

पीडितका भाई राजनीश रायका अनुसार, दाईलाई गुनासो गरेकै आधारमा हातखुट्टा बाँधेर यातना दिइएको हो । कार्यालय परिसरभित्रै उनलाई घण्टौसम्म यातना दिएको भिडियो सबुत समेत सुरक्षित रहेको छ ।

यता, सो सन्दर्भमा सिरहाका डिएसपी (प्रवक्ता) रबिन्द्र राज पाण्डेले त्यस्तो केही नभएको भन्दै ईन्सपेक्टरलाई जोगाउन खोजेका छन् । उनले प्रहरी जवान रायलाई नै बदमास भन्दै ईन्सपेक्टरलाई जोगाउन खोजेका हुन । हातखुट्टा बाँधेर यातना दिएको भिडियो प्रमाणहरु समेत फेला परिसकेको अवस्थामा कानुनी कारवाहीभन्दा पनि शारिरिक यातना दिएको हो ।

रायले रक्सी खाएर बदमासी गरेको आरोप लगाईएपनि अस्पतालको मेडिकल रिपोर्टमा उनले रक्सी नखाएको पुष्टि गरेको छ ।

प्रहरी जवान रायका भाईले ईन्सपेक्टर र उच्च पदस्थ प्रहरीमाथि मुद्दा हाल्ने तयारी गरिएको बताए ।

स्रोत : न्यूज ब्यूरो(https://enewsbureau.com/)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित