Khabar Samachar

Search
Close this search box.

मनिष डाँगी थाई लिग टु क्लब रेयोङगमा अनुबन्धित

224
VIEWS

मनिष डाँगी थाई लिग टु क्लब रायोङग एफसीमा अनुबन्धित भएका छन् । थाई लिग टु थाइल्याण्डको दोश्रो श्रेणीको लिग हो ।

थाई लिग टु क्लब रायोङ एफसीले मनिषलाई अनुबन्ध गरेको जनाएको हो । उनी थाई क्लबमा अनुबन्ध हुने पहिलो नेपाली खेलाडी हुन् ।

उनले नागावर्ल्ड एफसी विरुद्धको खेलमा पायोङ्गका लागि असिस्टसमेत गरेको क्लबले जनाएको छ ।

गत सिजनमा संकटा एफसीबाट शहीद स्मारक ए डिभिजन लिग खेलेका मनिषले नेपालका लागि १७ खेल खेल्दै ३ गोल गरेका छन् । उनले २०२१ मा ईराक विरुद्ध डेब्यु खेलमै गोल गरेका थिए ।

दक्षिण काेरियामा फुटबल सिकेका उनले यसअघि दक्षिण कोरियाकै विश्वविद्यालयको टिमका साथै बहराइनको क्लब इत्तेहाद अल रेफबाट पनि खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
काठमाडौं महानगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीका उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना दोहोर्‍याउन माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन
भर्खरै प्रकाशित