Skip to main content

Khabar Samachar

Search
Close this search box.

भारतसँग पाकिस्तानको लज्जास्पद हार

211
VIEWS

एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको खेलमा पाकिस्तानले भारतसँग लज्जास्पद हार ब्यहोरेको छ।

भारतले यो खेलमा पाकिस्तानलाई २ सय २८ रनको फराकिलो अन्तरले पराजित गर्‍यो । ३५७ रनको लक्ष्य पछ्याएको पाकिस्तान ३२ ओभरमा एक सय २८ रनमा अलआउट भयो।

भारतका कुलदिप यादव एक्लैले ५ विकेट लिए। पाकिस्तानका फकार जमानले २७ तथा इफ्तिखर अहमद र आघा सलमानले समान २३ रन जोडे।

त्यसअघि टस हारेर ब्याटिङको जिम्मा पाएको भारतका लागि विराट कोहलीले एक सय २२ र केएल राहुलले एक सय ११ रन जोडेका थिए।

यो खेलमा भारतले पाकिस्तानविरुद्ध दुईवटा कीर्तिमान बनाएको छ। सर्वाधिक रनको लक्ष्य र सर्वाधिक रनअन्तरको जितको कीर्तिमान बनाएको हो।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि भारतले पाकिस्तानमाथि बढीमा १ सय ४० रनको जित हात पारेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित