Khabar Samachar

भ्रष्टाचारका आरोपी गच्छदार पनि कांग्रेसबाट उम्मेदवार सिफारिस

204
VIEWS

नेपाली कांग्रेसले भ्रष्टाचारको आरोपमा संसदबाट निलम्बनमा परेका र विशेष अदालतमा मुद्दा खेपिरहेका विजयकुमार गच्छदारलाई उम्मेदवार सिफारिस गरेको छ ।

रौतहटमा बम विस्फोट गराएको र जिउँदा मान्छेलाई इँटाभट्टामा जलाएको आरोपमा जेलमा रहेका मोहमद अफताब आलमलाई उम्मेदवार सिफारिस गरेपछि भएको आलोचनालाई बिर्सिएर सुनसरी क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले सर्वसम्मत रुपमा गच्छदारको नाम उम्मेदवारमा सिफारिस गरेको हो ।

बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने काममा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारमाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ । कानून अनुसार त्यो मुदा अदालतबाट छिनोफानो नहुँदासम्म गच्छदार उम्मेदवारसमेत हुन पाउँदैनन् । तर पनि क्षेत्रीय समितिले उनलाई उम्मेदवार सिफारिस गरेको छ ।

भ्रष्टाचारको आरोपमा अदालत मुद्दा दर्ता भएपछि २०७६ माघमा उनी सांसदबाट निलम्बनमा परेका थिए । मुद्दा दर्ता भएपछि सम्पर्क विहीन भएका उनी शेरबहादुर देउवा प्रधानमन्त्री भएकै दिन अदालतमा हाजिर भएका थिए । र उनी १० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

गत मंसिरमा भएको कांग्रेसको महाधिवेशनमा गच्छदारलाई देउवाले आफ्नै प्यानलबाट उपसभापतिको उम्मेदवार बनाएका थिए । तर गच्छदार पराजित भएका थिए ।

यस्तै सुनसरी ४ बाट सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि सर्वसम्मत सिफारिस भएका केन्दीय सदस्य राजीव ढुंगानाले जानकारी दिए

२ मा भने ढुंगानासहित राजीव कोइराला र सिताराम मेहता सिफारिस भएका छन् । सुनसरी १ बाट भने मीन विश्वकर्मा र लक्ष्मी खतिवडालगायतका ५ जना उम्मेदवार सिफारिस भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित