Skip to main content

Khabar Samachar

Search
Close this search box.

मोरङ क्षेत्र नम्बर ३ (१) मा शेखरचन्द्रकी पत्नीलाई टिकट दिन माग गर्दै कांग्रेस कार्यकर्ताको नाराबाजी

207
VIEWS

नेपाली कांग्रेसका कार्यकर्ताले मोरङ क्षेत्र नम्बर ३ (१) मा प्रदेशसभा सदस्यको टिकट मानबहादुर लिम्बूलाई दिएको भन्दै नाराबाजी सुरु गरेका छन्।

क्षेत्र नम्बर ३ (१) का   उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएपछि पार्टीले लिम्बूलाई टिकट दिएको छ।

तर त्यसको विरोधमा निर्वाचन अधिकृतको कार्यालय बेलाबारी घेरेर कांग्रेस कार्यकर्ताहरुले नाराबाजी सुरु गरेका हुन्।
उनीहरुले थापाकी श्रीमतीलाई टिकट दिनुपर्ने माग गरेका हुन्। थापाकी श्रीमती लक्ष्मीले टिकट नपाउन्जेल आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन्।

तर लिम्बुको मननयन दर्ता भइसकेको छ। लक्ष्मीले टिकट पाए मन्त्री थापाको आत्माले शान्ति पाउने र सम्मान हुने उनीहरुको तर्क छ।

असोज २४ गते डेंगु पुष्टि भएका थापाको बुधबार बिहान १० बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित