Khabar Samachar

किशोर थापाले दिए विवेकशील साझाबाट राजिनामा

228
VIEWS

विवेकशील साझाका सदस्य किशोर थापाले राजिनामा दिएका छन । पार्टीको केन्द्रीय सदस्य रहेका थापाले पार्टी अध्यक्ष समीक्षा बास्कोटासमक्ष राजीनामा दिएका हुन्। थापाले असोज ४ गतेको मिति राखेर पार्टी अध्यक्ष बास्कोटालाई बुझाएको राजीनामा पत्र सार्वजनिक भएको छ। उनले सोही दिन (असोज ४ गते)देखि नै लागू हुनेगरी राजीनामा दिएको उक्त पत्रमा उल्लेख गरेका छन्।

थापाले पार्टी केन्द्रीय सदस्य र साधारण सदस्यबाट राजीनामा दिएको बताएका छन्।

नेपाल सरकारका पूर्व सचिव समेत रहेका थापा २०७४ सालको निर्वाचनमा ‘स्वतन्त्र उम्मेदवार’को रुपमा काठमाडौं महानगरपालिकाको मेयरका लागि प्रतिस्पर्धी थिए। नेकपा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मत ल्याएर महानगरको मेयर निर्वाचित हुँदा थापा भने १८ हजार ४९६ मतसहित चौथो स्थानमा सीमित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित