Khabar Samachar

Search
Close this search box.

भूकम्प प्रभावित क्षेत्र डोटीमा राहत र उद्दारमा खटिन प्रधानमन्त्रीको निर्देशन

201
VIEWS

प्रधानमन्त्री शेरबहादुर देउवाले डोटीको भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन निर्देशन दिएका छन् ।

उनले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन र घाइतेहरुको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्पमा परि मृत्यु हुनेहरुप्रति श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

बुधबार बिहान २ बजेर १२ मिनेटमा डोटी केन्द्रविन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी डोटीको पुर्बिचौकी गाउँपालिका-३ गैरागाउमा ६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित