Khabar Samachar

पत्रकार सरोजराज अधिकारी मृत फेला

208
VIEWS

पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । सुनधाराको सिद्धार्थ होटलको कोठाभित्र झुण्डिएको अवस्थामा उनी मृत फेला परेको काठमाडौं प्रहरी प्रमुख एसएससपी भरत बोहराले बताए।

अधिकारी हराएको भन्दै उनकी श्रीमतीले बुधबार काठमाडौं परिसरमा निवेदन दिएकी थिइन्।

खोजतलासको निवेदनपछि अनुसन्धान गर्दै जाँदा उनलाई होटलमा मृत फेला पारेको एसएसपी बोहराले नेपालखबरलाई बताए।

प्रहरीले फोन ट्रयाकिङसँगै आफन्तलाई साथै लगेर होटलहरुमा समेत खोजतलास गर्ने क्रममा सिद्धार्थमा इन्ट्रि भएको देखिएको थियो।

त्यसपछि उनी बसेको होटलको कोठामा श्रीमतीसहित पुग्दा कोठा भित्रबाटै बन्द थियो। त्यसपछि प्रहरी र आफन्तले ढोका फोडेका थिए।

भित्र झुण्डिएको अवस्थामा फेला परेका थिए। प्रारम्भिक रुपमा उनले आत्महत्या गरेको देखिए पनि अन्य हिसावबाट पनि अनुसन्धान भइरहेको एसएसपी बोहराले बताए।

अधिकारी २१ गते स्कुटरमा होटलमा पुगेको पाइएको प्रहरीले जनाएको छ।अधिकारीले चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, रुपबजारकी नोरा, जासुसीको जालो पुस्तक लेखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित