Skip to main content

Khabar Samachar

Search
Close this search box.

बिपी बालाई अरूले बिर्सेका होला, लिङ्देनले बिर्सेका छैनन् : मनीषा कोइराला

209
VIEWS

अभिनेत्री मनीषा कोइरालाले नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालालाई अरूले बिर्सिए पनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्झिरहने बताएकी छन्।

राप्रपाले शुक्रबार पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘अरू सबैले बिपी बालाई बिर्सेका होला, तर उहाँ (लिङ्देन)ले बिर्सेको रै’नछ।’

बिपीका नातिनीसमेत रहेकी कोइरालाले राजा महेन्द्र र बिपीबीच राम्रो सम्बन्ध रहेको समेत दाबी गरिन्।

‘तपाईंहरूलाई थाहा छ कि छैन, व्यक्तिगत रूपमा श्री ५ महेन्द्र सरकार र बिपी बामा एकदम राम्रो आदर भाव हुँदाहुँदै पनि त्यो बखत मुलुकले ठूलो अवसर गुमाएको छ ,’ उनले भनिन्, ‘किनकी, उहाँहरूले सहकार्य गर्न पाउनुभएन। अहिले फेरि त्यो मौका आएको छ।’ उनले भनिन्, ‘तपाईंहरुलाई थाहा छ कि छैन । बीपी बा र श्री ५ महाराज महेन्द्र सरकार दुवै जना एकअर्कामा आदर राख्नुहुन्थ्यो । तर, उहाँहरुले कहिल्यैपनि सहकार्य गर्न पाउनुभएको थिएन । मुलुकले ठुलो मौका गुमाएको थियो । अहिले फेरि त्यस्तै मौका आएको छ । त्यो मौकालाई हामीले गुमाउनु हुँदैन । त्यसैले राप्रपालाई धेरै भोट दिएर जिताउनुस् ।’

अहिले निर्वाचनमा राप्रपालाई जिताएर उक्त मौका गुमाउन नहुने उनले बताइन्।

बिपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति, राजसंस्था र बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको बाटो देखाएको भन्दै उनले अहिले उक्त मुद्दा लिङ्देनले उठाएको उनको दाबी छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनको भाषण अत्यन्त मिठो र घतलाग्दो रहेको दाबी गर्दै त्यही भएर आफूले साथ दिएको उनले बताइन्।

राप्रपाको घोषणा पत्र पनि आफूलाई मन परेको कोइरालाको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित