Khabar Samachar

Search
Close this search box.

५ लाख नयाँ मतदाता, १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ केन्द्र

203
VIEWS

वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको तुलनामा यसपाली करिव ५ लाख नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार, स्थानीय तह चुनावमा नाम भएका साढे २ लाखजति मतदाताको नाम हटेको छ भने त्यसको दोब्बर हाराहारीमा थपिएको छ ।

निर्वाचन आयोगको वेवसाइट अनुसार, यसपालिको निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० कुल मतदाता छन् । तीमध्ये ९१ लाख ४० हजार ८०६ पुरुष र ८८ लाख ४७ हजार ५७९ महिला हुन् । १८५ जना अन्य लिंगी हुन् ।

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए । तीमध्ये ८९ लाख ९२ हजार १० पुरुष छन् र ८७ लाख ४१ हजार ५३० महिला हुन् । १८३ अन्य लिंगी छन् ।

६ महिनाअघिको निर्वाचनको तुलनामा यो पटक २ लाख ५४ हजार ८४७ जना मतदाता थपिएको देखिन्छ । निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले छ महिनाको अवधिमा करिव ५ लाख नयाँ मतदाता थपिएको बताए ।

उनका अनुसार, यो छ महिनाको अवधिमा मृत्यु भएका, दोहोरो परेका र बसाइसराइ लगायतका कारण अद्यावधिक नभएका विवरण अद्यावधिक गरिएको छ, जसका कारण करिव साढे २ लाख पुराना मतदाता घटेका थिए । उपसचिव भट्टराईले भने, ‘ती समेत घटाउँदा साढे २ लाख मतदाता बढेकाले कुल ५ लाख नयाँ मतदाता थपिएको अनुमान छ ।’

आयोगले स्थानीय निर्वाचनको भन्दा १३६ वटा मतदानस्थल र २७२ मतदान केन्द्र थपेको छ । एउटा मतदान स्थलमा एक हजारभन्दा बढी मतदाता भएमा मतदान केन्द्र थपिन्छ ।

वैशाखको स्थानीय निर्वाचनमा १० हजार ७५६ मतदान स्थल रहेकोमा अहिले बढाएर १० हजार ८९२ बनाइएको छ । त्यसैगरी पहिले २१ हजार ९५५ मतदान केन्द्र रहेकोमा अहिले २२ हजार २२७ केन्द्र बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
काठमाडौं महानगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीका उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना दोहोर्‍याउन माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन
भर्खरै प्रकाशित