Khabar Samachar

५ लाख नयाँ मतदाता, १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ केन्द्र

202
VIEWS

वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको तुलनामा यसपाली करिव ५ लाख नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार, स्थानीय तह चुनावमा नाम भएका साढे २ लाखजति मतदाताको नाम हटेको छ भने त्यसको दोब्बर हाराहारीमा थपिएको छ ।

निर्वाचन आयोगको वेवसाइट अनुसार, यसपालिको निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० कुल मतदाता छन् । तीमध्ये ९१ लाख ४० हजार ८०६ पुरुष र ८८ लाख ४७ हजार ५७९ महिला हुन् । १८५ जना अन्य लिंगी हुन् ।

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए । तीमध्ये ८९ लाख ९२ हजार १० पुरुष छन् र ८७ लाख ४१ हजार ५३० महिला हुन् । १८३ अन्य लिंगी छन् ।

६ महिनाअघिको निर्वाचनको तुलनामा यो पटक २ लाख ५४ हजार ८४७ जना मतदाता थपिएको देखिन्छ । निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले छ महिनाको अवधिमा करिव ५ लाख नयाँ मतदाता थपिएको बताए ।

उनका अनुसार, यो छ महिनाको अवधिमा मृत्यु भएका, दोहोरो परेका र बसाइसराइ लगायतका कारण अद्यावधिक नभएका विवरण अद्यावधिक गरिएको छ, जसका कारण करिव साढे २ लाख पुराना मतदाता घटेका थिए । उपसचिव भट्टराईले भने, ‘ती समेत घटाउँदा साढे २ लाख मतदाता बढेकाले कुल ५ लाख नयाँ मतदाता थपिएको अनुमान छ ।’

आयोगले स्थानीय निर्वाचनको भन्दा १३६ वटा मतदानस्थल र २७२ मतदान केन्द्र थपेको छ । एउटा मतदान स्थलमा एक हजारभन्दा बढी मतदाता भएमा मतदान केन्द्र थपिन्छ ।

वैशाखको स्थानीय निर्वाचनमा १० हजार ७५६ मतदान स्थल रहेकोमा अहिले बढाएर १० हजार ८९२ बनाइएको छ । त्यसैगरी पहिले २१ हजार ९५५ मतदान केन्द्र रहेकोमा अहिले २२ हजार २२७ केन्द्र बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित