Khabar Samachar

Search
Close this search box.

राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध

206
VIEWS

नेपाली कांग्रेसले राष्ट्रपति चुनावसम्म माओवादीलाई आफ्नो पक्षमा पार्ने रणनीतिअनुसार आफ्नो उम्मेदवारी दिने निर्णयबाट पछि हटेपछि राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित हुने निश्चित भएको छ । यद्दपि मनाेनयन दर्ताको समय ४ बजेसम्म बाँकी नै रहेकाे राष्ट्रियसभाका सचिव सचिव रोृन्द्र फुयाँलले बताए ।

उम्मेदवारी मनोनयनको दिन कांग्रेसले माओवादीविरुद्ध आफ्नो उम्मेदवार खडा नगर्ने निर्णय गरेसँगै उर्मिला निर्विरोध हुने भएकी हुन् । अर्यालको उम्मेदवारी दर्ता भइसकेको छ ।

उनको प्रस्तावकमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र समर्थकमा एमाले संसदीय दलका नेता देवेन्द्र दाहाल र स्वतन्त्र सांसद खिमलाल देवकोटा रहेका छन् । यसअघि कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय संसदी दल कार्य समिति बैठकबाट गरेको थियो ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र लोसपा अध्यक्ष महन्थ ठाकुरसँग छलफलसमेत गरेका थिए । तर, आइतबार देउवा निवासमा बसेको कांग्रेससहित विपक्षी दलहरूको बैठकले माओवादीविरुद्ध उम्मेदवारी नदिने निर्णय गरेको हो ।

राष्ट्रपति चुनावलाई लक्षित गरेर कांग्रेसले माओवादीलाई साथ दिँदै आएको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले एमाले र रास्वपा उम्मेदवार बनेका सभामुख र उपसभामुखमा भने आफ्ना उम्मेदवार खडा गरेको थियो ।

प्रदेशमा पनि एमाले र राप्रपाविरुद्ध उम्मेदवार उठाउने तर माओवादी र जसपा भएका ठाउँमा साथ दिने रणनीति बनाएको थियो । कांग्रेसको यो निर्णयसँगै अर्याल निर्विरोध हुने निश्चित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित