Khabar Samachar

विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्दै सरकार

200
VIEWS

सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ लाई परिमार्जन गर्ने भएको छ।

कार्यविधि परिमार्जनका लागि एक साता भित्रमा सुझाव पेश गर्ने सहमतिसमेत भइसकेको छ।

कार्यविधि परिमार्जनका सुझावलाई तत्काल कार्यान्वयनमा लैजाने सहमति पनि भएको छ।

नेपाल सरकार र आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघबीच आइतबार भएको सहमतिको बुँदा नम्बर ४ मा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गरिने उल्लेख छ।

विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी, आमनागरिक र स्वास्थ्य संस्था तथा विद्यालय लगायतका संवेदनशील संस्था, क्षेत्रहरूमा असहजता नहुने गरी कार्यविधि परिमार्जन गर्न लागिएको हो।

राष्ट्रपतिको सवारीका बेला राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायतमाथि प्रहरीले माघ २७ गते लाठीचार्ज गरी घाइते बनाएपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। यसपछि सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्न लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित