Khabar Samachar

आज पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना

206
VIEWS

काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा केही दिनदेखि वर्षा र उच्च हिमाली भेगमा हिमपात भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि सामान्य प्रभाव छ।

आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जनसहित हल्का वर्षा भएका छन्।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा र अन्य क्षेत्रका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

सोमबार राति  देशभर आंशिकदेखि सामान्य बदली रहने छ।

देशको पहाडी भू-भागका केही स्थानमा तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित