Khabar Samachar

म्यानचेस्टर सिटीले जित्यो च्याम्पियन्स लिगको उपाधि

216
VIEWS

इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिग फुटबल उपाधि पहिलोपल्ट जितेको छ ।

टर्कीको स्तानबुलमा शनिबार राति भएको फाइनलमा इटलीको इन्टर मिलानलाई १-० ले हराउन सिटीको लागि रोड्रीले खेलको ६८औं मिनेटमा गोल गरे ।

युरोपियन च्याम्पियन्स लिग जित्ने सिटी छैटौं इंग्लिस क्लब बनेको छ । यो सिजन सिटीले ट्रेवल (सिजनाको तीन मुख्य प्रतियोगिता) उपाधि जितेको छ । यो सिजन सिटीले प्रिमियर लिग र एफए कपको उपाधि जितिसकेको छ ।

घरेलु लिग, कप र युरोपियन कप एकै सिजनमा जित्ने पहिलो इंग्लिस टिम सिटीकै छिमेकी म्यानचेस्टर युनाइटेड हो । उसले सन् १९९९ मा यो सफलता पाएको थियो । जर्मनीको बायर्न म्युनिख र स्पेनको बार्सिलोनाले पनि यो सफलता पाएका छन् ।

सन् २००८ देखि २०१२ सम्म बार्सिलोनालाई २ पल्ट च्याम्पियन्स लिग उपाधि दिलाएका प्रशिक्षक पेप ग्वार्डिओलाका लागि यो उपाधि विशेष छ । सन् २०१६ मा सिटी आएयता यही उपाधिका लागि उनले ८ वर्ष कुर्नुपर्‍यो ।

शनिबार रातिको फाइनल खेल हेर्न सिटीका मालिक शेख मन्सुर पनि रंगशाला पुगेका थिए। सन् २००८ मा क्लबको स्वामित्व ग्रहण गरेयता आबुधाबीका यी शेखले केवल दोस्रोपल्ट सिटीको खेल प्रत्यक्ष हेरेका हुन् ।

सिटी यसअघि तीनपल्ट क्वाटरफाइनल, दुईपल्ट सेमिफाइनल र एकपल्ट फाइनल पुगेर पनि च्याम्पियन्स लिग जित्न असफल थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित