Khabar Samachar

Search
Close this search box.

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप प्रो-एमको उपाधि दिनेश र टिमलाई

247
VIEWS
काठमाडौं, जेठ २७: सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको प्रो-एम प्रतियोगिताको उपाधि व्यवसायिक गल्फर दिनेश प्रजापति र टिमले हात पारेको छ।
गोकर्ण गल्फ क्लबमा आयोजित प्रतियोगितामा दिनेश सहित एमेच्योर खेलाडीत्रय समिर आचार्य, कर्णेल प्रताप बोहरा र अर्जुन कुमार कार्कीको टिमले १६२ अंक सहित उपाधि जितेको हो। दिनेश र समिरले ४१-४१ अंक जोडे भने प्रताप र अर्जुनले ४०-४० अंक प्राप्त गरे।
यसैगरि, प्रो भुवन‌ नगरकोटी र एमेच्योर खेलाडीहरु टासी छिरिङ्ग, उज्जवल प्रधानाङ्ग र सुनिल कार्कीको टोली १५३ अंक सहित दोश्रो भयो। भुवन, उज्जवल र सुनिलले समान ३८ अंक जोड्दा टासीले ३९ अंक जोडे।
धराने प्रो बलभद्र राई तथा एमेच्योर खेलाडीहरु
भाईराजा पाण्डे, काल्साङ्ग लोधे शेर्पा र राजु थकाली १५१ अंक सहित तेश्रो भए। बलभद्रले ३७ अंक जोडे भने एमेच्योर खेलाडीहरु भाईराजा, काल्साङ्ग र राजुले समान ३८ अंक जोडे।
महिला तर्फ बेस्ट ईन्डिभिजुअल स्कोरको उपाधि रेखा घिमिरेले जितिन्। रेखा र आईन्स्टिना टण्डनले समान ३४ अंक जोडेपछि विजेताको छिनोफानो काउन्ट ब्याकमा गरिएको हो। रेखाले ब्याक नाईनमा १८ अंक जोडेकी थिईन भने १३-बर्षिया आईन्स्टिनाले १७ अंक स्कोर गरेकि थिईन।
मन्दीप केसि र भाईराजा पाण्डेले क्रमशः लङ्गेस्ट ड्राईभ र क्लोजेस्ट टु दि पिनको उपाधि हात पारे।
स्टेवलफोर्ड ३/४ ह्याण्डीक्यापका आधारमा खेलिएको प्रतियोगितामा २५ प्रो सहित कूल १३५ गल्फरले भाग लिएका थिए।
सूर्य नेपाल प्रालिको प्रबन्ध निर्देशक रवि कुमार रायवरम, कर्पोरेट भाईस-प्रेसिडेन्ट रवि केसि, मार्केटिङ्ग भाईस-प्रेसिडेन्ट दिप्रा लाहिरी, फाईन्यान्स भाईस-प्रेसिडेन्ट विकास भत्रा, प्रोफेसनल गल्फ संघ नेपालका अध्यक्ष रविन्द्रमान‌ श्रेष्ठ तथा गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले बिजेता खेलाडीलाई पुरस्कार प्रदान गरे।
हिजो सम्पन्न सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबाश तामाङले हात पारे। ७२-होलको प्रतिस्पर्धामा सुबाशले २१-अण्डर २६७ सहित सूर्य नेपाल गल्फ टुर २०२२-२३ को दोश्रो तथा करिअरको पाँचौ उपाधि हात पारे। अर्का एमेच्योर खेलाडी सदभाव आचार्य १७-अण्डर २७१ स्कोर सहित दोश्रो भए। प्रोफेसनल तर्फ निरज तामाङ १२-अण्डर २७६ स्कोर सहित पहिलो भए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित