Khabar Samachar

तत्काल मन्त्रिपरिषद हेरफेर गर्न एकीकृत समाजवादीको दबाव

203
VIEWS

सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना चारजना मन्त्री फेर्ने निर्णय छिटो कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ।बुधबार बसेको पार्टीको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय तरुन्त कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई दबाव दिने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए ।

‘मन्त्रिमण्डलमा हाम्रो टिमलाई बदल्ने भनेर जुन निर्णय गरेका छौं, त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गर्न सकेन, तुरुन्त कार्यान्वयन गर्नुपर्‍यो भनेर निर्णय गरेका छौं’ उनले भने, ‘आज हाम्रो अध्यक्ष त्यही निर्णयलाई लिएर कुराकानी गर्न जानुभएको छ ।’

एकीकृत समाजवादी पार्टीले हाल सरकारमा रहेका मन्त्रीहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने र जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको थियो । त्यस्तै हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्री बनाउने निर्णय थियो ।

समाजवादी सचिवालयको जेठ २२ गतेको बैठकले सरकारमा सहभागी पाँचमध्ये चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

तर, उक्त निर्णयलाई कार्यान्वयन गर्न प्रधानमन्त्री देउवाले चासो नदिएपछि समाजवादीले थप दबाब बढाएको हो।

समाजवादीका सम्मानित नेता झलनाथ खनालले बुधबारको सचिवालय बैठकपछि पत्रकारहरुसँग बोल्दै आफूहरुको निर्णय यथाशिघ्र कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्ने निर्णय भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित