Khabar Samachar

प्रधानमन्त्रीले हटाए जसपाका चार मन्त्री

202
VIEWS

सरकारले जनता समाजवादी पार्टीका चार मन्त्रीलाई पदबाट हटाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई बिहीबार पदमुक्त गरेकी छन्।

यसरी पदमुक्त हुनेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र  वन तथा वातावरण मन्त्री प्रदीप यादव छन्।

नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (ख) बमोजिम मन्त्रीहरुलाई पदमुक्त गरि उनीहरूले सम्हालेका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री देउवालाई नै दिइएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरले बताएका छन्।

जसपा नेता उपेन्द्र यादवले  सत्तारुढ गठबन्धनमा रहँदारहँदै प्रमुख विपक्षी नेकपा एमालेसंग चुनावी तालमेल गरेपछि प्रधानमंत्री देउवाले उक्त दलका मंत्रीहरुलाई सरकारबाट बर्खास्त गरेका हुन्।

साथै, निवर्तमान कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले सम्हालेको मन्त्रालयको जिम्मेवारी सञ्‍चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित