Khabar Samachar

बेलायती प्रधानमन्त्री लिज ट्रसद्वारा राजीनामा

205
VIEWS

बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छन् । जटिल राजनीतिक तथा आर्थिक संकटबीच लिजले बिहीबार राजीनामा दिएकी हुन् ।४५ दिनअघि प्रधानमन्त्रीमा नियुक्त भएकी ट्रसले घोषणा गरेअनुसार काम गर्न नसकिएको भन्दै विभिन्न टीकाटिप्पणी भइरहेको थियो । केही दिन यता उनलाई आफ्नै मन्त्रिमण्डलका सदस्य तथा पार्टीका नेताहरुले राजीनामा दिन दबाब दिइरहेका थिए । नयाँ प्रधानमन्त्री चयनका लागि कन्जर्भेटिभ पार्टीभित्र नै चुनाव हुने छ । अर्को प्रधानमन्त्री चयन नभएसम्मका लागि लिज नै प्रधानमन्त्री रहने छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित