Khabar Samachar

Search
Close this search box.

राप्रपाको चुनावी प्रतिवद्धता पत्र सार्वजनिक

202
VIEWS

राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभाका लागि राप्रपाले सार्वजनिक गरेको चुनावी प्रतिवद्धता पत्रमा प्रदेश खारेजी, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, एक व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टीको अध्यक्ष र प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने कानुन बनाउने,संघीय र स्थानीय तहलाई बलियो पार्नुपर्ने र प्रदेश संरचना खारेज गर्नुपर्ने लगायत मुद्दा अगाडि सारेको छ ।

राप्रपाले घोषणापत्रमा  २०४६ पछिका उच्च पदस्थ नेता तथा कर्मचारीको सम्पती छानबिन गरि अवैध सम्पती जफत गर्नुपर्ने, भ्रष्टाचारमुक्त, पारदर्शी शासन पद्धती व्यवहारमा लागू गर्ने  लेखेको छ।

राप्रपाले राजनीतिक दलसम्बन्धि कानुन परिमार्जन गरेर एक व्यक्ति कुनै पनि पार्टीको अध्यक्षमा दुई कार्यकाल मात्रै बस्न पाउने भन्ने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेको हो।

यस्तै ‘नेपाल बन्द’ जस्तो कार्यक्रम कहिल्यै नगर्ने प्रतिवद्धता जनाएको छ।

साथै, स्वास्थ्य, हवाई, खानेपानी, विद्युत, ग्यास तथा पेट्रोलियम पदार्थ ढुवानी तथा वितरण लगायत बिभिन्न औद्योगिक क्षेत्रमा हड्ताल गर्न पूर्णरुपमा प्रतिवन्ध लगाइने पनि राप्रपाले उल्लेख गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित