Khabar Samachar

सगरमाथा आरोहणका क्रममा हिमपहिरो, तीन जना बेपत्ता

202
VIEWS

सगरमाथा आरोहणका क्रममा तीन जना हिमपहिरोमा परी बेपत्ता भएका छन्।

पर्यटन विभागकाअनुसार बुधबार बिहान हिमपहिरोमा डा. छिरी शेर्पा, लाक्पा टेन्डी शेर्पा, लाक्पा रिता शेर्पा बेपत्ता भएका हुन्।

बेपत्ताको खोजी र उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट प्रयास भइरहेको विभागका निर्देशक युवराज खतिवडाले सेतोपाटीलाई बताए।

हिमाल आरोहण उद्धार तथा खोज टिम एसपीसीसी तथा ईम्याजिनको संयुक्त टोलिले बेपत्ताको खोजिकार्य तीव्र पारेपनि सफल हुन नसकेको उनले जानकारी दिए ।

सगरमाथा बेस क्याम्प र क्याम्प १ को बीचमा पर्ने ड्याम क्षेत्रमा हिमपहिरो गएको विभागले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित