संखुवासभामा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेलसहित दुईजना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उद्दार गरेर काठमाडौं ल्याइदै छ ।
घटनास्थल रहेको भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष विकास गुरुङले थप दुईजनालाई सामान्य चोटपटक लागेको बताए ।गुरुङका अनुसार हेलिकोप्टरमा पाइलट पौडेलसहित टिम मेम्बर छिरिङ भोटे, स्थानीय भविन गुरुङ र विक्रम (थर नखुलेकाे) स्थानीय सवार थिए । भाटे र विक्रमले हेलिकोप्टरबाट हाम्फालेर ज्यान जोगाएको गुरुङले जानकारी दिए । उनीहरुलाई सामान्य चोटपटक लागेको छ ।
पौडेलसहित गम्भीर घाइते दुईजनालाई नेपाली सेनाले सिम्रिक एयरको हेलिकोप्टरले उद्दार गरेर काठमाडौं ल्याइरहेको उनले बताएका छन् ।
Discussion about this post